Kathmandu Press

सडक सुधारका लागि सरकार र विश्व बैंकबीच सम्झौता

सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत संभार तथा सेवा प्रवाहमा सुधार गर्न प्रदेश, स्थानीय सरकारको व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने परियोजनाको लक्ष्य छ।
सडक सुधारका लागि सरकार र विश्व बैंकबीच सम्झौता

काठमाडौं, साउन २१ : नेपाल सरकार र विश्व बैंकले प्रादेशिक र स्थानीय सडक सुधारका लागि १० करोड अमेरिकी डलरको परियोजनामा हस्ताक्षर गरेका छन्।

सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच विश्व बैंक र सरकारका प्रतिनिधिले उक्त परियोजनामा हस्ताक्षर गरेका हुन्।  

परियोजनाका बारेमा जानकारी  दिँदै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले कनेक्टिभिटी, दक्षता, लचिलोपन र सुरक्षामा सुधार गर्न एवम सरकारको क्षमतालाई सुदृढ गर्न मद्दत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास एसोसिएशनबाट १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणका लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको बताए।  

सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत संभार तथा सेवा प्रवाहमा सुधार गर्न प्रदेश, स्थानीय सरकारको व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने परियोजनाको लक्ष्य छ।

वित्तिय सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव डा.रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन्। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक, डेभिड सिस्लेन सहरी विकास मन्त्रालयले छुट्टै परियोजना सम्झौता पनि गरेको छ।

उनले उक्त सम्झौताले नेपालका लागि यात्राको समय र लागत कम गर्दै, ग्रामीण सम्पर्क विस्तार गर्न, सेवा र बजारहरूमा पहुँच सुधार गर्न र नेपालको आर्थिक सम्भावनालाई समावेशी रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्