Kathmandu Press

भ्रष्टाचारमा स्थानिय तहका सबैभन्दा बढी उजुरी

आर्थिक वर्ष २०७९/० मा कुल दुई हजार नौ सय पाँच वटा उजुरी दर्ता भएका थिए। जुन अख्तियारमा परेका कुल उजुरीको ५१.४० प्रतिशत हो। यस्तै, आव २०७८/७९ मा कुल दुई हजार ६ सय ७० उजुरी परेका थिए।
भ्रष्टाचारमा स्थानिय तहका सबैभन्दा बढी उजुरी

काठमाडौं, साउन २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहमा भएका भ्रष्टाचारका उजुरी सर्बाधिक रहेको छ।

तीनवटा आर्थिक वर्षको तुलनात्मक अध्ययनले स्थानीय तहमा सबै भन्दा बढी उजुरी दर्ता भएको स्थिति उजागर भएको हो।

आर्थिक वर्ष २०७९/० मा कुल दुई हजार नौ सय पाँच वटा उजुरी दर्ता भएका थिए। जुन अख्तियारमा परेका कुल उजुरीको ५१.४० प्रतिशत हो। यस्तै, आव २०७८/७९ मा कुल दुई हजार ६ सय ७० उजुरी परेका थिए।

जुन उजुरी कुल उजुरीको ४७.०८ प्रतिशत हो। आव २०७७/७८ मा पनि कुल ६ हजार दुई सय २५ उजुरीमध्ये ३२.७२ प्रतिशत स्थानीय तहका थिए।

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्