Kathmandu Press

नेपाली दूतावासले भन्यो– बंगलदेशमा सबै नेपाली सुरक्षित छन्

ढाकास्थित नेपाली राजदूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको हो।
नेपाली दूतावासले भन्यो– बंगलदेशमा सबै नेपाली सुरक्षित छन्

काठमाडौं, साउन २१ : बंगलादेशबाट अधिकांश नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको र त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

ढाकास्थित नेपाली राजदूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको हो।

Hardik ivf

‘बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ नेपाली दूतावासले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
 
दूतावासले विद्यार्थीको आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रर्दशन भइरहेको, बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको जानकारी पनि गराएको छ । नेपाली दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन विज्ञप्तिमार्फत अनुरोध समेत गरेको छ।

यस्तै, दूतावासले नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा समस्यामा परेका नेपालीले दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीमार्फत सम्पर्कमा आउन समेत आग्रह गरेको छ।

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्