Kathmandu Press

आफ्नै निर्वाचन क्षेत्रमा संसद सोविता गौतममाथि दुर्व्यहार

आइतबार निर्वाचन क्षेत्रमा बाढीपहिरोको अवस्था अवलोकन गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिकै आफूमाथि अभद्र व्यवहार गरिएको उनले बताइन्।
आफ्नै निर्वाचन क्षेत्रमा संसद सोविता गौतममाथि दुर्व्यहार

काठमाडौं, साउन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले आफ्नै निर्वाचन क्षेत्रका दुर्व्यहारको सामाना गरेकी छिन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आफ्नै निर्वाचत क्षेत्रमा सार्वजनिकस्थलमै आफूमाथि दुर्व्यवहार गरिएको बताइन्।

Hardik ivf

आइतबार निर्वाचन क्षेत्रमा बाढीपहिरोको अवस्था अवलोकन गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिकै आफूमाथि अभद्र व्यवहार गरिएको उनले बताइन्।

‘फर्केर आउँदा म र स्वकीयसचिव थियौँ। १५–२० जना साथीहरू जम्मा हुनुभएको थियो। ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्न थियो,’ उनले भनिन्, ‘कोही गाँजाको नशाामा लट्ठ हुनुहुन्थ्यो। कोही रक्सीले मात्तिएको, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो। एकाएक घेर्न थाल्नुभयो, तपाईंहरू बुढोमान्छेले बोलाएको ठाउँँमा मात्रै जाने? भनेर प्रश्न गर्न थाल्नुभयो,’ सोबिताले भनिन्।

युवाले आफूलाई घेरेर फोहोरी शब्द बोलेको बताउँदै उनले नम्रशैलीमा आफ्ना कुरा राख्न आग्रह गर्दा पार्टीगत आक्षेप लगाइएको बताइन्।

उनले अहिले दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन्।

‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ! युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइन? के यो जंगली प्रकारको भएन?’ उनले प्रश्न गरिन्।

सरकारले सुरक्षा चुनौतीबारे संवेदनशील भएर सोच्नुपर्ने पनि सांसद गौतमले बताइन्।

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्