Kathmandu Press

माओवादीले माग्यो लेखा समितिको नेतृत्व

‘संसदीय मूल्य–मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुन्छ, नैतिक हो । यो सरकार, यसले पारदर्शी काम गर्छ भने सभापति तत्काल प्रतिपक्षलाई दिओस्,’ उनले भने।
माओवादीले माग्यो लेखा समितिको नेतृत्व

काठमाडौं, साउन २१ : दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षलाई दिन माग गरेको छ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बौल्दै माओवादी सांसद माधव सापकोटाले संसदीय मूल्य–मान्यतामा सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलबाट हुने उल्लेख गर्दै नेतृत्व आफूहरुलाई दिन माग गरे।

Hardik ivf

‘संसदीय मूल्य–मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुन्छ, नैतिक हो । यो सरकार, यसले पारदर्शी काम गर्छ भने सभापति तत्काल प्रतिपक्षलाई दिओस्,’ उनले भने।

उनले अहिलेको सार्वजनिक लेखा समितिका सभापतिले रहस्यमय घटना घटाइरहेको बताउँदै उनले सभामुखबाट रुलिङको माग गरे।

यस्तै, उनले सरकारले नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्त गरेकोप्रति आपत्ति जनाए। उनले नियम उलंघन गरेर सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको बताए।

‘प्राधिकरणका दुई जना सदस्यलाई सरकारले नियम उलंघन गरेर सरकारले बर्खास्त गरेको छ। योप्रति भर्त्सना गर्दै सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने कुराको आशंका व्यक्त गर्छु,’ उनले भने।

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्