Kathmandu Press

देशभर हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी

सबैभन्दा बढीे ललितपुरमा १६ र काठमाडौंमा १ गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।
देशभर हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी

काठमाडौं, साउन २१ : देशभर हैजा संक्रमितको संख्या २७ पुगेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार  देशभर संक्रमितको संख्या २७ पुगेको हो।  

सबैभन्दा बढीे ललितपुरमा १६ र काठमाडौंमा १ गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

यसैगरी कैलालीमा ९ र प्युठानमा २ जनालाई हैजा पुष्टि भएको छ। भक्तपुर चाँगुनारायणका १ जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको महाशाखाले जनाएको छ।

गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह  गरेको  छ।

महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिए नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

 

प्रकाशित मिति: १०:२४ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्