Kathmandu Press

धादिङमा गुडिरहेको माइक्रोमा रुख खस्दा ७ जना यात्रु घाइते

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो गजुरी, जरेखोला नजिक पहिरोपहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो।
धादिङमा गुडिरहेको माइक्रोमा रुख खस्दा ७ जना यात्रु घाइते

धादिङ, साउन २१ : गुडिरहेको माइक्रोमाथि धादिङमा रुख खसेको छ।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो गजुरी, जरेखोला नजिक पहिरोपहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो।

Hardik ivf

सो दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। उनीहलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ।

दुर्घटनापछि सडक पनि अवरुद्ध भएको छ। सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:२० बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्