Kathmandu Press

स्याङ्जाको पुतलीबजारमा हुने कविता महोत्सवका लागि उत्कृष्ट २० कविता छनोट 

पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा देशभरबाट आएका १९९ कवितामध्ये निणार्यक मण्डलले २० कवितालाई उत्कृष्ट कविता घोषणा गरेको कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिए । 
स्याङ्जाको पुतलीबजारमा हुने कविता महोत्सवका लागि उत्कृष्ट २० कविता छनोट 

स्याङ्जा, साउन २१ : स्याङ्जाको पुतलीबजारमा भव्य कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताबाट उत्कृष्ट २० कविता छनौट भएका छन् । पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा देशभरबाट आएका १९९ कवितामध्ये निणार्यक मण्डलले २० कवितालाई उत्कृष्ट कविता घोषणा गरेको कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिए । 

यसरी घोषित २० उत्कृष्ट  कविताले आगामी साउन ३१ गते हुने कविता महोत्सव समारोहमा स्वयंम प्रतिस्पर्धीले बाचन गर्नेछन् र सोही दिन निर्णायक मण्डलले उत्कृष्ट तीन कविता छनौट गर्नेछ र भव्य समारोहका बीच सम्पन्न हुने कविता महोत्सवमा पुरस्कार वितरण एवं कविता वाचन गरिनेछ । कविता प्रतियोगितामा उत्कृष्टलाई १५,५५५।-, द्धितीयलाई ११,१११।- र तृतीयलाई ७,७७७।- रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुनका लागि गत श्रावण १५ गते बेलुकी ५ बजेसम्मको समयसीमा तोकिएको थियो । 

Hardik ivf

प्रथम नागरिक कुलपति कविवर स्व केदार मान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ प्रतियोगिता एवं महोत्सवको आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितले जानकारी दिए । कार्यक्रम साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजना पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले जानकारी दिए ।

यसैबीच आगामी श्रावण ३१ गते स्याङ्जाको पुतलीबजारमा भब्य समारोहका बीच सम्पन्न हुने कविता महोत्सको तयारीलाई तीब्र बनाईएको ट्रष्टका संस्थापक एवं सरक्षक योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा उप्रेती, सरूभक्त, गण्डकी प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ रमेश श्रेष्ठ, भाषा बिद् डा रामनाथ ओझा र डा कृष्ण शर्मा, अन्तर्राष्ट्रिय साहित्य प्रतिष्ठान (अनेसास) को गण्डकी च्याप्टरको सभापति दुर्गाबहादुर शाह, संघीय सांसद राजु थापा र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता हुने आयोजकले जनाएको छ । 

पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति विश्वप्रेम अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागीएको कविता महोत्सवमा आम साहित्य अनुरागी एवं कविताका विभिन्न विधाका स्रष्टा एवं साधकहरु प्रतियोगि रहने महोत्सवको आयोजनाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने र कार्यक्रममा विद्यार्थी ,प्राध्यापक एवं प्राज्ञहरुको ब्यापक सहभागिता रहने कविता महोत्सवका संयोजक अनन्त कुमार श्रेष्ठले बताए ।

स्याङ्जामै पहिलोपटक सञ्चालन गरिएको भव्य कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताले जिल्लाको पर्यटन, धार्मिक एवं संस्कृती प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने आयोजककको अपेक्षा रहेको छ । 

हेर्नुहोस्, उत्कृष्ट कविताको सुची :

Poet-1722826973.jpg
 

प्रकाशित मिति: ०८:५० बजे, सोमबार, साउन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्