Kathmandu Press

‘प्रजातन्त्र सेनानी र सहिद परिवारका लागि १० करोडको अक्षय कोष बनाऔं’

‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस्। पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्, बोल्न पाइयोस्। पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरू कसैको शिर ननिहुरियोस्,’ उनले भने।
‘प्रजातन्त्र सेनानी र सहिद परिवारका लागि १० करोडको अक्षय कोष बनाऔं’

काठमाडौं, साउन २० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्र सेनानी र सहिद परिवारको लागि अभिलेख बनाउनुपर्ने बताएका छन्।  

कांग्रेस निकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र सेनानीहरुको अभिलेख पार्टी कार्यालयमा राख्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘हामीले १० करोडको अक्षय कोष बनाउने भनेर महासमिति बैठकमा कुरा गरेका छौं। केन्द्रिय समितिको बैठकपछि गर्ने अभियान छ। अक्षय कोष जम्मा  दुईवटालाई मात्र दिने लक्ष्य हो,’ उलने भने, ‘प्रजातन्त्र सेनानी परिवार र सहिद परिवारको लागि दुईवटा क्याटागोरीलाई समावेश गरेर यसको नियमावली बनाएर प्रजातन्त्र सेनानी र सहिद परिवारको सदस्यहरुलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने छौं।’

साथै उनले अरु व्यवस्था राज्यले गर्नुपर्ने बताए। उनले कांग्रेस पार्टीलाई जोगाउन आफूले ठुलो भूमिका खेलेको समेत उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस्। पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्, बोल्न पाइयोस्। पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरू कसैको शिर ननिहुरियोस्,’ उनले भने।

महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता जनाए। पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पु¥याउने उनको भनाइ थियो।
पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए। पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको थापाले बताए।

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्