यसरी देखाइयाे भोटो [तस्बिरहरू]
आइतबार मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइएको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन्।![यसरी देखाइयाे भोटो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1722774383.jpg)
काठमाडौं, साउन २० : काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ।
आइतबार मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइएको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन्।
भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतको उपस्थिति थियो। भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ।
भोटो जात्रामा प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, सभामुखलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो।
रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइयो। भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा समापन भएको छ।
करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्छ।