विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा कार्की र गुरुङ नियुक्त
भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउँदै मन्त्रिस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गरिएको हो।
काठमाडौं, साउन २० : पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा नियुक्त भएका छन्।
कार्की र गुरुङलाई मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणको सदस्यमा शुक्रबार नै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ।
भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउँदै मन्त्रिस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गरिएको हो।
सदस्यमा नियुक्त कार्की पूर्वउर्जा तथा भौतिक सचिव हुन् भने गुरुङ विद्युत् विकास विभागको पूर्वमहानिर्देशक र पञ्चेश्वर विकास प्राधिकरणका सीईओ थिए।
गुरुङलाई उपभोक्ताका तर्फबाट र कार्कीलाई उर्जा विज्ञका रुपमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५० बजे, आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












