Kathmandu Press

ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं, साउन २० : ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्