Kathmandu Press

विद्युत प्राधिकरणका दुई जना सञ्चालक पदमुक्त

प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाइएको हो।
विद्युत प्राधिकरणका दुई जना सञ्चालक पदमुक्त

काठमाडौं, साउन २० : सरकारले नेपाल विद्युत प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरेको छ।

प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाइएको हो। उर्जा मन्त्रालयले यसअघि उनीहरुलाई स्पष्टीकरण सोधेको थियो।

Hardik ivf

डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा प्राधिकरणले बिजुली काटिदिएका उद्योगमा पुनः लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा उनीहरुले ‘नोट अफ डिसेन्ट’ लेखेपछि आचार्य र पुनलाई स्पष्टीकरण सोधिएको थियो।

स्पष्टीकरण चित्तबुझ्दो नभएको बताउँदै उनीहरुलाई पदमुक्त गरिएको हो।

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्