Kathmandu Press

एमालेका नवनियुक्त उपाध्यक्षसहित केन्द्रीय सदस्यले लिए शपथ 

नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरू बरालसहित केन्द्रीय सदस्यहरूलाइ पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराएका थिए।
एमालेका नवनियुक्त उपाध्यक्षसहित केन्द्रीय सदस्यले लिए शपथ 

काठमाडौं, साउन २० : नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरू बरालसहित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

गत शुक्रबार बसेकाे सचिवालय बैठकले उपाध्यक्षमा बराल र १७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेकाे थियाे। उनीहरूलाई अध्यक्ष केपी ओलीले पद तथा गोपनियताको शपथ गराए।

Hardik ivf

केन्द्रिय सदस्यहरू सिन्धुपाल्चोकका सुवास कर्माचार्य, सप्तरीका जितेन्द्र देव, सिराहाका रामप्रीत राम, चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, सल्यानका गोविन्द पुन, तनहुँका केदार सिग्देले, पर्वतका मनोहर पौडेल विक, दार्चुलाका हरदेव जोशी, सर्लाहीका हरि उप्रेतीले शपथ लिए।

प्रमुख सचेतक समेत रहेका मकवानपुरका महेश बर्ताैला, झापाका इन्द्र भण्डारी, अर्घाखाँचीका सरिता भुषाल, कास्कीकी प्रभा कोइराला, बाग्लुङकी मञ्जु शर्मा चालिसे र पाँचथरकी आशा जवेले पनि केन्द्रिय सदस्यकाे शपथ लिए।

त्यस्तै, अनुशासन आयोगको सदस्य लमजुङका मायानाथ अधिकारीले समेत शपथ लिएका छन्।


 

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्