Kathmandu Press

‘शिक्षा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाइन्छ’

त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित नगरेसम्म जनमानसमा विश्व विद्यालयप्रति आशा जगाउन नसकिने बताउँदै उनले शिक्षा ऐन, नीति र कानुन नभएमा राज्य सञ्चालन गर्न अप्ठ्यारो परिस्थित व्यहोर्नुपर्ने धारणा राखिन्।
‘शिक्षा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाइन्छ’
फाइल तस्बिर।

कास्की, साउन २० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्यांकन प्रणालीको पुनःसरचना आवश्यक रहेको बताएकी छिन्।

प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताइन्।

Hardik ivf

त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित नगरेसम्म जनमानसमा विश्व विद्यालयप्रति आशा जगाउन नसकिने बताउँदै उनले शिक्षा ऐन, नीति र कानुन नभएमा राज्य सञ्चालन गर्न अप्ठ्यारो परिस्थित व्यहोर्नुपर्ने धारणा राखिन्।

शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन प्राथमिकता निर्धारण गरी अघि बढ्ने बताउँदै मन्त्री भट्टराईले विद्यालय खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्ने लक्ष्यका साथ विभिन्न मन्त्रालयसँग छलफल भइरहेको जनाइन्।

दोषीलाई दण्ड र निर्दोषलाई सफाइ पाउने प्रणाली व्यवस्थित गर्दै लोकतान्त्रिक राज्यको अवधारणा निर्माण गर्न मन्त्रालय अघि बढेको उनको भनाई छ। उनले उच्च शिक्षाको पाठ्यक्रमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

राज्य शिक्षासँग जोडिन अपरिहार्य भएको हुँदा शिक्षालाई नीतिले नेतृत्व गर्नुपर्नेमा जोड दिँदै उनले हालै आएको एसईई तथा कक्षा १२ को परीक्षाफल सन्तोषजनक नभएको भन्दै दिगो परीक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताइन्।

वर्तमान सरकार मुलुकमा सुशासन र समृद्धिसहित जनतामा विश्वास र आशा जगाउने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ।

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्