Kathmandu Press

कांग्रेस–एमाले गठवन्धन ८४ साल सम्मै टिक्छ : नीधि 

प्रधानमन्त्री केपी ओली स्वयंले संसदमा आफू दुई वर्ष प्रधानमन्त्री र त्यसपछि कांग्रेससभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै नीधिले गठबन्धन पुरा अवधि टिकाउ हुने दाबी गरे।
कांग्रेस–एमाले गठवन्धन ८४ साल सम्मै टिक्छ : नीधि 
फाइल तस्बिर।

जनकपुर, साउन २० : कांग्रेस नेता विमलेन्द्र निधिले वर्तमान गठबन्धन २०८४ सालको निर्वाचनसम्म टिक्ने बताएका छन्। 

आइतबार जनकपुरधामस्थित श्रीराम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहमा नेता नीधिले कांग्रेस  र एमालेको सत्ता गठवन्धनले मुलुकमा राजनीतिक स्थायित्व प्रदान हुने बताए।

Hardik ivf

प्रधानमन्त्री केपी ओली स्वयंले संसदमा आफू दुई वर्ष प्रधानमन्त्री र त्यसपछि कांग्रेससभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै नीधिले गठबन्धन पुरा अवधि टिकाउ हुने दाबी गरे। 

गठबन्धन भित्र असन्तुष्टिको सम्भावना नरहेको बताउँदै नीधिले भने, ‘वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने छ र दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक विकासको दिशामा काम गर्ने छ।’

ओलीपछि आगामी २०८४ सालको निर्बाचनसम्म कांग्रेस नेतृत्वको सरकार बन्नेमा पनि शंका नरहेको नीधिले बताए । 

प्रकाशित मिति: १४:०४ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्