सुनचाँदीको मूल्य घट्यो
शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, साउन २० : साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रूपैयाँले घटेको हो।
शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ७ सय ९५ रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भइरहेको छ ।
प्रकाशित मिति: १२:५७ बजे, आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
