बेलैमा भुल सच्याउन स्वर्णिम वाग्लेलाई बाबुराम भट्टराईको चेतावनी
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “‘मन्रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश÷क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन १ नेपालजस्तो दुई ठुला देशको बीचमा रहेको मुलुकनिम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।”
काठमाडौं, साउन २० : रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “‘मन्रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश÷क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन १ नेपालजस्तो दुई ठुला देशको बीचमा रहेको मुलुकनिम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।”
वाग्लेले एक अभिव्यक्तिमार्फत् भारतले आफ्नो प्रभुत्व जमाउन खोजेको र नेपालले त्यो कुरा बुझिदिनुपर्ने आसयको अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा बैठकमा चर्को आलोचना भएको थियो ।
नेकपा एमाले र कांग्रेसका सांसदहरुले यो विषयमा चर्को आलोचना गर्दै आएका छन् ।
प्रकाशित मिति: ०८:५१ बजे, आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार