Kathmandu Press

आश्मा बनिन् मिस नेपाल

शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो। उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन्।
आश्मा बनिन् मिस नेपाल

काठमाडाैं, साउन १९ : मिस नेपाल वर्ल्ड २०२४को ताज आश्माकुमारी केसीले जितेकी छन्।

शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो। उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन्।

यस्तै, मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि जितिन् ।

श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन्।

प्रकाशित मिति: २०:२० बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्