Kathmandu Press

वरिष्ठ नेत्र विशेषज्ञ डा. रुइत सम्मानित

न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा. रुइत चिनिएको अभिनन्नद पत्रमा उल्लेख छ।
वरिष्ठ नेत्र विशेषज्ञ डा. रुइत सम्मानित

काठमाडौं, साउन १९ : ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई आँखा उपचारका क्षेत्रमा पु¥याएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ।

सभामुख देवराज घिमिरेले एक समारोहबीच डा. रुइतलाई अभिनन्दन गरे। ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उनी सफल छन्।

Hardik ivf

न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा. रुइत चिनिएको अभिनन्नद पत्रमा उल्लेख छ।

डा. रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन्।

सो अवसरमा सभामुख घिमिरेले हिमाली र पहाडी जिल्लाका रुपमा ताप्लेजुङ सौन्दर्य, मनमोहक र आकर्षणसहित विविधतायुक्त रहेको र अहिलेसम्म आइपुग्दा गरिबी र अभावका कारण पछि परेतापनि यसको भविश्य भने सुन्दर रहेको बताए।

कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण गरेका थिए।

एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङवासीका रुपमा डा. रुइतले खेल्नुभएको भूमिकाका आधारमा उहाँ सम्मानित भएको बताउँदै डा. रुइतको योगदान र व्यक्तित्व स्वदेशमा भन्दा विदेशमा उच्च रहेको बताए।

सम्मानित  भएपछि डा. रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पु¥याउन सरकार, संसद् र राजनीतिक दललाई सुझाव दिए।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्