Kathmandu Press

नेत्र विश्व विद्यालय सम्बन्धी विधेयक चाँडै पास हुन्छ : सभामुख

विश्वविद्यालय बनाइ सकेपछि नेपाललाई आँखा अनुसन्धानका लागि काम गर्ने अवसर प्राप्त हुने बताए।
नेत्र विश्व विद्यालय सम्बन्धी विधेयक चाँडै पास हुन्छ : सभामुख

काठमाडौं, साउन १९ : सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्व विद्यालयको विधेयक आउँदो संसदको अधिवेशनमा पारित गर्नेगरी तयारी गरिरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा उनले विधेयक पास भए कानूनी रुपमा भइरहेको समस्याहरु हट्ने विश्वास व्यक्त गरे। विश्वविद्यालय बनाइ सकेपछि नेपाललाई आँखा अनुसन्धानका लागि काम गर्ने अवसर प्राप्त हुने बताए।

Hardik ivf

‘तिलगंगा नेत्र विश्व विद्यालयको लागि कानून बनाउनुपर्ने भएकाले विधेयक छिटो पास गर्नपर्ने अवस्था छ। विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएर समितिमा गएको छ,’ उनले भने, ‘समितिबाट पनि पास भयो भने कानूनी रुपमा भइरहेको असजिलालाई हटनेछ। विश्वविद्यालय बनेपछि आँखा सम्बन्धी अनुसन्धानको काम गर्न धेरै अवसर प्राप्त हुन्छ।’

उनले ताप्लेजुङ जिल्लाको जनजाती, आदिवासी र संस्कृतीहरुको विकास गरेर देशको एउटा आकर्षणको केन्द्र बनाउन सक्ने धेरै आधारहरु भएको भन्दै त्यो दिशामा सबैको क्षेत्रको भूमिका आवश्यक हुने बताए।

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्