Kathmandu Press

ओलम्पिक पुरुष फुटबलमा अर्जेटिनालाई हराउँदै फ्रान्स सेमिफाइनलमा

शुक्रबार राति भएको खेलमा २ पटकको गोल्ड मेडलिस्ट अर्जेन्टिनालाई १–०ले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो।
ओलम्पिक पुरुष फुटबलमा अर्जेटिनालाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडाैं, साउन १९ : आयोजक फ्रान्स जारी ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा २ पटकको गोल्ड मेडलिस्ट अर्जेन्टिनालाई १–०ले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो।

फ्रान्सले खेकको पाँचौं मिनेट लिएको अग्रता जोगाउँदै जित निकालेको हो। माइकल ओलिसको पासमा जिअन फिलिप मटेटाले गोल गरेका थिए।

खेलमा अर्जेन्टिनाले पूर्ण दबाब बनाएपनि गोल गर्न सकेन्। उनले ६९ प्रतिशत बल पोजेशन बनाउँदै १६ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो। यता, फ्रान्सले ११ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो।

खेल सकिएपछि मैदानमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। रेफ्रिले खेल सकिएको सिठी बजाउने वित्तिकै दुवै टिमका खेलाडी र कोचिङ स्टाफहरू झगडामा उत्रिएका थिए। निकैबेर धम्साधम्सी परेको थियो।

यस्तै, मोरक्को, स्पेन र इजिप्ट पनि सेमिफाइनलमा पुगेका छन्। शुक्रबार राति नै भएको खेलमा मोरक्कोले अमेरिकालाई ४–०को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो।

यता, स्पेनले सेमिफाइनल यात्रा तय गर्ने क्रममा जापानको चुनौती ३–०ले पन्छायो। इजिप्टले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो। निर्धारित समय र थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो।

अब सेमिफाइनलमा मोरक्को स्पेन तथा इजिप्ट र फ्रान्स भीड्ने छन्। दुवै सेमिफाइनल सोमबार राति हुनेछ।

प्रकाशित मिति: ११:५३ बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्