Kathmandu Press

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै संचालन हुन्छ : प्रधानमन्त्री

‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं,’ उनले लेखेका छन्।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै संचालन हुन्छ : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं, साउन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइ एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जनाएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन्।

Hardik ivf

‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं,’ उनले लेखेका छन्।

प्रधानमन्त्री ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्यदल गठन गरेको जानकारी दिँदै ओलीले सो कार्यदलले यसै साता बस्ने मन्त्रिपरिषद् बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने बताए।

यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने बतउाँदै उनले विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गरेका छन्।

प्रकाशित मिति: ११:३१ बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्