Kathmandu Press

यो सरकारको जिम्मेवारी ठूलो छ : मन्त्री सिंह

उपप्रधानमन्त्री सिंहले छिटो छिटो सरकार परिवर्तन हुँदा देशमा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको बताए।
यो सरकारको जिम्मेवारी ठूलो छ : मन्त्री सिंह

काठमाडौं, साउन १९ : उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि  संसदका दुई ठुला दल कांग्रेस–एमाले  मिलेर सरकार बनाएको बताएका छन्।

शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले छिटो छिटो सरकार परिवर्तन हुँदा देशमा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको बताए।

Hardik ivf

‘राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ,’ उनले भने, ‘जिम्मेवारी ठुलो छ। त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ।’
 
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री बन्नुभएका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बाग्मती प्रदेशको आन्तरिक मामिलामन्त्री बधाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो।

 

प्रकाशित मिति: ११:२२ बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्