Kathmandu Press

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

पाँच घण्टाभन्दा बढी चलेको सो छलफलका आधारमा समितिले आवश्यक विवरण माग गरेको हो।
टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, साउन १९ : संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्यांक माग गरेको छ।

समितिको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

Hardik ivf

समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, विद्युत् नियमन आयोगका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उद्योगी तथा व्यवसायीसँग छलफल गरेको थियो।

पाँच घण्टाभन्दा बढी चलेको सो छलफलका आधारमा समितिले आवश्यक विवरण माग गरेको हो।

समितिले डेडिकेटेड र ट्रक लाइन महशुलको विवादका सम्बन्धमा केही दिनभित्र आवश्यक निर्णय गर्ने जनाएको छ।

प्रकाशित मिति: ०७:३९ बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्