Kathmandu Press

पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखियो, काठमाडौंमा सुरक्षित अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि विमानचालकले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका छन्।
पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखियो, काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौं, साउन १८ : काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि विमानचालकले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका छन्।

Hardik ivf

बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौं फर्काउने निर्णय भएको हो। फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौं माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो।

पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनःकाठमाडौँ अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए। कम्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्‍याएको छ।

प्रकाशित मिति: २०:५८ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्