Kathmandu Press

‘६० दिनभित्र महसुल नतिरे फेरि लाइन काटिन्छ’

८ वर्षदेखि छलफलमा मात्र बसिरहकेको बताउँदै कुलमानले विवादलाई छिटोभन्दा छिटो सल्टाउन सकिन्छ भने सल्टाएरै अगाडि बढ्नुपर्नेमा बताए।
‘६० दिनभित्र महसुल नतिरे फेरि लाइन काटिन्छ’

काठमाडौं, साउन १८ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको समस्या छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका छन्।

शुक्रबार सार्वजनिक लेखा समितिमा भएको बैठकमा उनले राजस्व उठाएर कर्मचारीलाई बाँढ्ने होइन, लगानी गरेर उद्योगमा गुणस्तरको सप्लाई दिने भन्दै अब चाँडै समस्या समाधान गर्नुपर्ने बताए।

‘६० दिनसम्म तिरेन भने लाइन काटेर असुली गर्नुपर्छ, अरु उपाय छैन् । चुप लागेर बसेर हुँदैन। लाइन काट्ने काम जारी रहन्छ । राजस्व उठाएर लगानी गर्ने हो, कर्मचारीलाई बाँढ्ने होइन। लगानी गरेर उद्योगीहरुले उद्योगमा गुणस्तरको सप्लाई दिने हो,’ उनले भने।

Hardik ivf

८ वर्षदेखि छलफलमा मात्र बसिरहकेको बताउँदै कुलमानले विवादलाई छिटोभन्दा छिटो सल्टाउन सकिन्छ भने सल्टाएरै अगाडि बढ्नुपर्नेमा बताए।

उनले लाइन काट्न जादा कर्मचारीलाई कुटेर पठाउने घटना भएको भन्दै लाइन काट्न सक्ने अवस्थामा पनि नरहेको बताए।

‘राजस्व उठाउन खोज्दा मिडियामा विभिन्न सामग्री आइरहेका छन् । जसका कारण धेरै ग्राहकहरुले महशुल तिर्दैनौ भन्ने अवस्थाका कारण बक्यौता बढ्दै गएको अवस्था छ,’ उनले भने, ‘यति धेरै बक्यौता बढेको छ कि भर्खरै शंखुवासभातिर तिर्दैनौ भन्दै कर्मचारीलाई पिटेर पठाइयो। लाइन काट्न जाँदा ठूला उद्योगको नलिने हाम्रो लाइन काट्ने भन्दै अवरोध गरिन्छ। अब हामी लाइन काट्न सक्ने अवस्थामा पनि भएनौं।’

६१ वटा उद्योगले महसुल नबुझाएको उल्लेख गर्दै यदी ती उद्योगसँग महसुल नलिने हो भने विगतमा तिरेकाको रकम पनि फिर्ता गर्नुपर्ने हुनसक्ने उनले बताए।

प्राधिकरणले बिजुली महसुल विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटिदिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि ८ साउनमा बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा पुनः बिजुली जोड्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्