Kathmandu Press

नवनियुक्त तीन राज्यमन्त्रीले लिए सपथ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले सपथ लिएका हुन्।
नवनियुक्त तीन राज्यमन्त्रीले लिए सपथ

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले सपथ लिएका हुन्।

Hardik ivf

सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ रहेका छन्।  

सपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी रहेको थियो । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

 

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्