कामु प्रधानसेनापतिविरुद्ध पेश भएको रिट सर्वोच्चद्वारा दर्ता अस्वीकार
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सिन्धुलीका युवराज सफल भन्ने युवराज पौडेलले रिट पेश गरेका थिए। सिग्देलको जन्म मितिमा कैफियत रहेकाले अन्तरिम आदेशमार्फत तत्काल रोकिनुपर्ने माग रिटमा थियो।
काठमाडौं, साउन १८ : कामु प्रधानसेनापति अशोकराज सिग्देलविरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।
बलाधिकृत रथीबाट कामु प्रधानसेनापति बनाइएका सिग्देलको जन्म मितिमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट पेश भएको थियो।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सिन्धुलीका युवराज सफल भन्ने युवराज पौडेलले रिट पेश गरेका थिए। सिग्देलको जन्म मितिमा कैफियत रहेकाले अन्तरिम आदेशमार्फत तत्काल रोकिनुपर्ने माग रिटमा थियो।
उक्त रिटलाई यसअघि साउन १३ गते रजिष्ट्रार भद्रकाली पोखरेलले दरपिठ आदेशमार्फत दर्ता नहुने निर्णय दिएका थिए। उक्त दरपिठविरुद्ध पुनः दर्ता भएको अर्को निवेदनमा पनि अघिल्लो दरपिठ आदेश सदर भएपछि रिटमा सनुवाईको बाटो समाप्त भएको छ।
उक्त निवेदनमाथि रिट निवेदकका तर्फबाट भएको सुनुवाईपछि सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले रजिष्ट्रार भद्रकाली पोखरेलले दरपिठ आदेश सदर गर्दै दर्ता नहुने निर्णय दिएको हो।