Kathmandu Press

‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयको ट्युनिङ मिल्नु राम्रो रहेको बताए।
‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

काठमाडौं, साउन १८ : अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको दाबी गरेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था भएका कारण अर्थ मन्त्रालयले यो गर, त्यो गर भन्न नमिल्ने बताए।

Hardik ivf

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयको ट्युनिङ मिल्नु राम्रो रहेको बताए।

‘राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था हो, राष्ट्र बैंकलाई अर्थमन्त्रालयले केही गर्दैन। यो गर, त्यो गर भन्न मिल्दैन, तर राष्ट्र बैंक र मन्त्रालय एकआपसमा मिलेर काम पनि गर्छन्,’ उनले भने, ‘त्यसैले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचमा रियल ट्युनिङ मिल्नु नै पर्छ। अथवा मूलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न मिलेर अगाडि बढ्नुपर्छ।’

उनले सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने प्रतिबद्धता पनि जनाए।

बैठकमा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाउँदै राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको बताए।

उनले अर्थमन्त्रीमा विष्णु पौडेलको उपस्थितिले राष्ट्र बैंकसँग ट्युनिक मिलेको छ भन्ने हल्ला बजारमा आएको भन्दै व्यङग्य गरेका थिए।

 

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्