Kathmandu Press

असीमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ : मन्त्री भट्टराई

उनले किताब जात्राले ज्ञानको दायरा फराकिलो बनाउने धारणा राख्दै यस्तो अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व रहेको बताइन्।
असीमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ : मन्त्री भट्टराई

काठमाडौं, साउन १८ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले असीमित ज्ञान र विचारहरुलाई एक ठाउँमा जोड्नसके हरेक मानिसको जीवन फराकिलो हुने बताएकी छिन्।

यसका लागि असीमित ज्ञान उपलब्ध गराउन सरकारको भूमिका प्रभावकारी हुनुपर्ने पनि बताइन्।

शुक्रबार काठमाडौंमा आयोजित किताब जात्राको छैटौं संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले किताब जात्राले ज्ञानको दायरा फराकिलो बनाउने धारणा राख्दै यस्तो अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व रहेको बताइन्।

‘सीमित ज्ञानले मानिसको सोचाइलाई सिमित बनाउँछ। जति असिमित ज्ञान र विचारहरुलाई एक ठाउँमा जोड्न सक्छौ, त्यसले हरेक मानिसको जीवनलाई फराकिलो बनाउँछ,’ उनले भनिन्, ‘यस्ता अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व हो। एउटा व्यक्तिले आफ्नो ज्ञानलाई फराकिलो बनाउँछु भन्दा राज्य र सरकारले त्यो उपलब्ध गराउनुपर्ने दायित्व हा । त्यसमा लाग्ने प्रतिवद्धता पनि जनाउँछ।’

केही कमाइँदै भने किन पढ्ने? भन्ने भाष्य निर्माण भइरहेको भन्दै उनले स्थापित मान्यतालाई नयाँ ढंगले परिस्कृत गर्न किताब जात्रा कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्