Kathmandu Press

प्युठानमा तीन जनामा देखियो हैजा

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए।
प्युठानमा तीन जनामा देखियो हैजा

प्युठान, साउन १८ : प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। उनीहरु एउटै परिवारका रहेका छन् ।

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए।

तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा हैजा पुष्टी भएको हो। ‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो,’ जैसीले भने।

गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो। उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्