Kathmandu Press

विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाब

उनले संशोधन प्रस्तावहरुको केही महत्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने भन्दै सभापतिले दलगत रुपमा संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार रहेको बताए।
विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाब

काठमाडौं, साउन १८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक २०८० छिटो पारित गर्न आग्रह गरेका छन्।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँगको छलफल उनले यो विधेयक पारित भए ई–कमर्शबाट सञ्चालन हुने व्यापारमा सहजता आउने भन्दै छिटो पारित गर्न समितिलाई आग्रह गरेका हुन्।

Hardik ivf

‘एक साताभित्र साझा निष्कर्षमा पुगेर संशोधनलाई समेत समेट्ने गरि एउटा निष्कर्षमा पुग्न सकिन्छ। त्यसैले विधेयकलाई पारित गरौं। विधेयक पारित भएपछि उत्साह पैदा हुनेछ,’ उनले भने, ‘ई–कमर्शबाट सञ्चालन हुने व्यापार कारोबारहरुलाई नियमन गर्ने कुरा, यसलाई सञ्चालन गर्ने कुरामा सहजता हुन्छ। यसबाट सरकारको पनि विजिनेस बढ्ने छ।’

उनले संशोधन प्रस्तावहरुको केही महत्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने भन्दै सभापतिले दलगत रुपमा संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार रहेको बताए।

उनले संसदले विजिनेस नपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा रहेको भन्दै कानूनको अभावले प्रभावित भएको कामहरुलाई यतिबेला निष्कर्ष दिन र सरकारलाई पनि प्रभावकारी बनाउन सकिने बताए।  

समितिले उत्सुकता देखाएर संसदलाई पनि विजिनेस दिने र कानून अभावले प्रभावित भएको थुप्रै कामहरु यतिबेला निष्कर्ष दिन सकिने उनले बताए। यसलाई सरकारलाई प्रभावकारी बनाउन सकिने उनले बताए।

 

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्