Kathmandu Press

अरिङ्गालले टोकेर गुल्मीमा एक युवकको मृत्यु

रिङ्गालले टोक्दा गुल्मीको रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको मृत्यु भएको हो। 
अरिङ्गालले टोकेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी, साउन १८  : गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। 

अरिङ्गालले टोक्दा गुल्मीको रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको मृत्यु भएको हो। 

बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका कुँवरलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएपनी उनको उपचारका क्रममा शुक्रबर मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। 
 


 

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्