Kathmandu Press

स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्न मुकुल ढकालको माग 

‘कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाति एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नुपर्छ।’
स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्न मुकुल ढकालको माग 

काठमाडौं, साउन १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेले देशद्रोही अभिव्यक्ति दिएको भन्दै पार्टीबाट निष्कासन गर्न माग गरेका छन्। 

ढकालले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै वाग्लेको अभिव्यक्ति राष्ट्रियता बिरोधी रहेको बताएका छन्।

Hardik ivf

उलले सामाजिक सञ्जालमा वाग्लेलाई लक्षित गर्दै लेखेका छन्– ‘कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाति एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नुपर्छ।’ 

साथै ढकालले आफुले दिएका अभिव्यक्ती एक शब्द झुटो नरहेको दाबी गरेका छन्। उनले लेखेका छन्–‘मैले झुटो बोलेको छैन भनेर सावित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु।’ 

यस्तै, उलले पार्टी सभापति रवि लामछिनेमाथि लागेका सबै आरोपउपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन गठन गरी छानविन हुनुपर्ने माग समेत गरेका छन्। 


 

 

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, साउन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्