प्रधानमन्त्री ओलीले गरे तीन राज्यमन्त्री नियुक्त
प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएका छन्।
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएका छन्।
अरुण चौधरी नागरिक उन्मूक्ति तथा रुपा विक र पूर्णबहादुर तामाङ कांग्रेसबाट राज्यमन्त्री बनेका हुन्।
प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार