Kathmandu Press

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, साउन १८ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। 

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।

Hardik ivf

नियमिततर्फ तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए। ती मध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन्।

नियमिततर्फ र ग्रेडवृद्धितर्फ गरेर परिक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।

 कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो।

नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ। नेपाल टेलिकमको ल्याण्ड लाइन फोन,मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्ने सकिनेछ।

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्