Kathmandu Press

सुनको मूल्य हालसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ।
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, साउन १८ : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ।

साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको थियो। यस आधारमा साउन २ गतेको तुलनामा आज एक सयले वृद्धि भएको हो। बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकाेमा आजका लागि भने एक हजार सात सय ९५ रूपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्