कोरोना संक्रमितको उपचारमा फर्किन मिस इंग्ल्यान्ड
काठमाडौं, चैत २६ : मिस इंग्ल्यान्ड भाषा मुखर्जी कोरोना भाइरस संक्रमितको उपचारमा फर्केकी छन्। उनलाई अस्पतालले एक साता आइसोलेसनमा राखेको र एक–दुई ....

काठमाडौं, चैत २६ : मिस इंग्ल्यान्ड भाषा मुखर्जी कोरोना भाइरस संक्रमितको उपचारमा फर्केकी छन्। उनलाई अस्पतालले एक साता आइसोलेसनमा राखेको र एक–दुई दिनभित्रै उपचारमा संलग्न हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
उनी सन् २०१९ की मिस इंग्ल्यान्ड हुन्। मिस इंग्ल्यान्डको उपाधि जित्नु अघि मुखर्जी स्वास्थ्य क्षेत्रमै क्रियाशिल थिइन्। उनी स्वासप्रस्वाससम्बन्धी डाक्टर हुन्।
उनी अघिल्लो साता भारतको कोलकोत्तमा थिइन्। कोभन्ट्री मर्सिया लायन्स क्लबको सदभावनादूतको रुपमा भारतमा काम गर्दै थिइन्।
बेलायतमा यतिवेला कोरोनाको संक्रमण फैलिएको छ। उनले यस अघि काम गरेको बेलायतको पिलग्रिम अस्पतालका सहकर्मीको सम्पर्कमा आएकी थिइन्। उनीहरुसँगको कुराकानीपछि उनी मिस इंग्ल्यान्डको ताज फुकालेर उपचारमा खटिन तयार भएकी हुन्।
कोलकोत्तास्थित बेलायतीय उच्चआयुक्तको कार्यालयको सहयोगमा उनी गत बुधबार भारतबाट बेलायत फर्किएकी हुन्। उनी भारतबाट फ्राङफटहुँदै लन्डन पुगेकी छन्। ‘कोरोनाले संकट नित्याएको वेला मलाई ताजभन्दा बिरामीको उपचार गर्नु राम्रो लाग्यो,’ उनले भनेकी छन्।
उनी सन् २०२० को अगष्टसम्मको लागि विभिन्न संस्थाअन्तर्गत सद्भावनादूत बनेर काम गरेकी थिइन्। त्यहि क्रममा भारतसँगै दक्षिण अफ्रिका, टर्की, पाकिस्तान पुगेकी थिइन्।
मिस इंग्ल्यान्डको ताज फुकालेर कोरोना संक्रमितको उपचारमा खटिने उनको निर्णयलाई धेरैले प्रशंसा गरेका छन्।












