Kathmandu Press

रहेनन् शास्त्रीय संगीतकार गुरुदेव कामत

मृगौला रोगबाट पीडित कामतको ६९ वर्षको उमेरमा बिहीबार बिहान ८ बजे सिरहास्थित आफ्नै घरमा निधन भएको हो।
रहेनन् शास्त्रीय संगीतकार गुरुदेव कामत

सिरहा, साउन १७ : चर्चित शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ।

मृगौला रोगबाट पीडित कामतको ६९ वर्षको उमेरमा बिहीबार बिहान ८ बजे सिरहास्थित आफ्नै घरमा निधन भएको हो।

Hardik ivf

रोजगारीका सिलसिलामा कतारमा रहेका जेठा छोरा घर आइपुगेपछि कामतको आजै अन्त्येष्टी गरिने परिवारले जनाएको छ।

गत चैत्रमा कामतको दुवै मिर्गौलामा समस्या देखिएको पत्ता लागेको थियो। त्यसयता डायलासिस गराइरहेका उनी आर्थिक संकटका कारण गतसाता मात्र परिवारसहित जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए।

शास्त्रीय संगीतमा निकै श्रद्धा कमाएका कामत ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए।

प्रकाशित मिति: ११:२८ बजे, बिहीबार, साउन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्