Kathmandu Press

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले पेश गरेको विश्वासको मतको प्रस्तावका पक्षमा ६५ मत परेको थियो।
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

हेटौंडा, साउन १५ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत प्राप्त गरेका छन्।

मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले पेश गरेको विश्वासको मतको प्रस्तावका पक्षमा ६५ मत परेको थियो।

११० सदस्यीय प्रदेश सभामा बहुमतका ५६ सांसदको समर्थन आवश्यक हुन्छ। कांग्रेसका र एमालेकासांसदले प्रस्तावको पक्षमा मत दिएका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिए।नेमकिपा तटस्थ बसेको छ।

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्