Kathmandu Press

नेप्से दोहोरो अंकले बढेर २७ सय नजिक पुग्यो

१८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढेको छ।
नेप्से दोहोरो अंकले बढेर २७ सय नजिक पुग्यो

काठमाडौं, साउन १५ : नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। मंगलबार ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा पुगेको छ।

नेप्से दोहोरो अंकले बढेपछि कारोबार रकम भने घट्यो। सोमबार १९ अर्ब ६० करोडको कारोबार भएको थियो भने मंगलबार १७ अर्ब २६ करोडको कारोबार भयो।

१८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढेको छ।

त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक सूचक २.४० प्रतिशतले बढ्दा बैंकिङ ०.७६, व्यापार ०.५७, निर्जीवन बीमा ०.३६ प्रतिशतले घटेका छन्।

प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी तथा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। मुक्तिनाथ कृषि कम्पनी ९.८, सगरमाथा जलविद्युत् कम्पनीको ९.४ प्रतिशत मूल्य बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, नेपाल फाइनान्स तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे।

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्