बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप
बागमती प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो।हेटौंडा, साउन १५ : नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।
बागमती प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो।
प्रदेश सभाको बैठक ३ बजेका लागि तय भएको छ। लामालाई कांग्रेसका ३७ र एमालेका २७ जना सांसदको समर्थन छ।
११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत आवश्यक पर्दछ। एमालेको समर्थनमा लामा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा चिसोले जनजीवन प्रभावितबुधबार, माघ २, २०८१
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरूद्धको खोप लगाइनेआइतबार, पुस २८, २०८१
झापामा सीमास्तम्भ मर्मत गरिँदैशुक्रबार, पुस २६, २०८१
वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेशबिहीबार, पुस २५, २०८१