Kathmandu Press

देशको आकार हेरेर बाघको संरक्षण गर्न प्रधानमन्त्रीको सुझाव

नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएकोमा भद्रको निधन भएकोमा अब त्यसको ठाउँमा अर्को उपहार दिने चाहाना व्यक्त गरे।
देशको आकार हेरेर बाघको संरक्षण गर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं, साउन १४ : प्रधानमन्त्री केपी ओलीले देशको आकार प्रकार हेरेर सिमाभित्र रहेर मात्र बाघको संरक्षण र वृद्धि गर्न सकिने बताएका छन्।

सोमबार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको भवनमा आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले दोब्बर गर्ने भनेको बाघको संख्या तेब्बर भएको भन्दै अब दुई पटक डबल ग¥यौं भने मान्छेले छोडेर हिड्नुपर्ने अवस्था आउँने बताए।

Hardik ivf

‘हामीले हाम्रो देशको आकार प्रकार हेर्नुपर्छ, साइज कत्रो छ। कति बाघ पाल्न सक्छौं हामी। त्यसैले दोब्बर गर्ने भनेको तेब्बर भयो। अब दुई पटक डबल ग¥यौं भने मान्छेले छोडेर हिड्नुपर्ने अवस्था आउनेछ,’ उनले भने, ‘हामीले एउटा सिमाभित्र बाघको संरक्षण गर्नुपर्छ। र बाघको वृद्धि पनि एउटा सिमाभित्र मात्र गर्नु पर्छ।’

उनले बाघको सङ्ख्या धेरै भएको नेपालले छिमेकी देशहरुलाई समेत बाघ उपहार दिनसक्ने बताए। नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएकोमा भद्रको निधन भएकोमा अब त्यसको ठाउँमा अर्को उपहार दिने चाहाना व्यक्त गरे।

‘हामी विभिन्न देशहरुलाई बाघ उपहार दिन सक्छौं । विभिन्न देशलाई गैडा उपहार दिएका छौं । चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएका थियौंै,’ उनले भने, ‘चीनका साथीहरूसँग भेट हुँदा भद्र र रुपसीको स्वास्थ्य अवस्था सोध्ने गर्थें, तर दुर्भाग्यवस भद्रको निधन भयो। अब त्यसको ठाउँमा अर्को उपहार दिनुपर्छ होला।’

प्रकाशित मिति: १९:४१ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्