Kathmandu Press

एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछ : मुख्यमन्त्री कार्की

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शक्ति सङ्ख्याका आधारमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिए।
एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछ : मुख्यमन्त्री कार्की

मोरङ, साउन १४ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शक्ति सङ्ख्याका आधारमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिए।

Hardik ivf

मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा मन्त्रालयको संख्यामा वृद्धि नहुने प्रष्ट पारे। उनले कांग्रेसले नाम दिएका आधारमा दुई÷चार दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकाले यसमा पुनरालोकन नहुने स्पष्ट पार्दै आवधिक समयमा बिग्रेका बजेटलाई कानुन बमोजिम सच्याउने सकिने विचार व्यक्त गरे।

उनले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्की सम्बन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील भएको बताए।

प्रकाशित मिति: १९:१९ बजे, सोमबार, साउन १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्