कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ८२ हजार पुग्यो
काठमाडौं, चैत्र २६ : कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ८२ हजार पुगेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज बिहानसम्म ८२ हजार ....

काठमाडौं, चैत्र २६ : कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ८२ हजार पुगेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज बिहानसम्म ८२ हजार १९ ले ज्यान गुमाएका छन् ।
एक लाख ४२ हजार ७८६ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् भने ४७ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको छ । बाँकीको अवस्था सामान्य रहेको छ ।
इटलीमा सबैभन्दा धेरै १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा १४ हजार ४५ तथा अमेरिकामा १२ हजार ८१३ जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै फ्रान्समा १० हजार ३२८ को कोरोनाका कारण मृत्यु भइसकेको छ । नेपालमा भने अहिलेसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।
प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












