Kathmandu Press

रविन्द्र अधिकारीको शोकमा पोखरामा कस्ले के भने ?

पोखरा, फागुन १५ : आज फागुन १५ गते विहानैदेखि पोखरा अँध्यारो थियो । एकनासको झरी परिरहेको थियो, संकेत अलि अशुभ जस्तै । सायदै पोखरेलीको प्रिय नेता रवीन्द....

 रविन्द्र अधिकारीको शोकमा पोखरामा कस्ले के भने ?

पोखरा, फागुन १५ : आज फागुन १५ गते विहानैदेखि पोखरा अँध्यारो थियो । एकनासको झरी परिरहेको थियो, संकेत अलि अशुभ जस्तै । सायदै पोखरेलीको प्रिय नेता रवीन्द्रलाई गुमाउनुको संकेत यही रहेछ ।

कास्कीको भरतपोखरीवाट नेपाली राजनीतिमा उदाएका आशा लाग्दा पोखराको युवा नेता पर्यटनमन्त्री रवीन्द्र अधिकारी दिउँसो ताप्लेजुङ्गमा हेलीकप्टर दुर्घटना परेको खवर आयो । अनि धेरै पोखरेलीले प्रार्थना गरे– हाम्रो प्यारो नेतालाई जोगाईदेउ । धेरैले पत्याउनै सकेनन् तर निर्दयी त्यो काल अन्तत रवीन्द्र अधिकारी लगिछाड्यो, पोखरेली सवै रोए । 

नेकपा स्थायी समिति सदस्य सोमनाथ प्यासीले भने, ‘‘नेपाली राजनीतिको एक कुशल योद्धा, युवा जगतको प्रतिनिधिमुलक पात्र, नेपाली जनताको उदयमान आशाको प्रतिमूति’’ रविन्द्र अधिकारीलाई गुमाउन पर्दा अत्यन्त स्तव्ध भएको छु । युवा नेता अधिकारीको निधनले गण्डकी प्रदेश र पोखरा मात्रै होईन, देशलाई नै ठूलो क्षति पुगेको छ ।’’

साहित्यकार सरुभक्तले नेता रविन्द्र अधिकारीलाई सम्झदै भने, “कति छोटो र कर्मशील जीवन लिएर आउनुभएको रहेछ, । के भनुँ, शव्दहरु वोल्न मान्दैनन् । यति नै भन्छु, तपाईको आत्माको चिरशान्तिको कामना गर्दछु” । 

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले रविन्द्र अधिकारीको निधन अत्यन्तै दुखद र अकल्पिनीय भएको जनाए । 

पिता ईन्द्रप्रसाद अधिकारी र माता लक्ष्मीदेवि अधिकारीको कोखवाट २०२६ साल वैशाख २२ गते कास्की जिल्लाको भरतपोखरी जामुनावोट गाँउमा रवीन्द्र अधिकारीको जन्म भएको थियो । सानै उमेर अर्थात २०३७ सालमा ११ वर्षको वाल्यकालदेखि रविन्द्र अधिकारीले राजनीति थालेका थिए । २०४२ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा आई.ए तहमा पढनका लागि भर्ना भएपछि अधिकारीको राजनीतिको बाटोले औपचारिक रुप लिएको थियो । पञ्चायतमा ६ महिना र २०६२ सालको आन्दोलनमा पटक पटक जेल छिरेका रविन्द्रले संधै युवाहरुको मन जिति रहे, चाहे लोक गायक प्रविण गुरुङ्गको हत्यामा तत्कालिन शाहाज्यादा पारश शाहले गरेको हत्याका विरुद्ध करिव ५ लाख भन्दा वढिको हस्ताक्षर संकलन गरि दरवार वुझाउँदा होस् चाहे मेचीकाली मार्च पास नै किन नहोस् । 

विद्यार्थीको ३३ प्रतिशत सहुलियतको विषयमा सडक आन्दोलन गर्दा पनि उनै रविन्द्र चर्चा र सफलतामा रहे । युवा नेता रविन्द्रले मृत्युलाई जित्न नसकेपनि राजनीतिमा भने कहिल्यै पछाडी फर्कनु हार्नुपरेन् । विद्यार्थी राजनीतिमा संधै सफल देखिएका रविन्द्र अधिकारीले २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र त्रिभुवन विश्वविद्यालय किर्तीपुर क्याम्पसमा स्ववियु सभापति चुनाव हुँदै २०५७ सालमा अखिलको केन्द्रीय अध्यक्ष बने । 

मिलनासार र सरल स्वभावका नेता रविन्द्र सवै नागरिकसंग उत्तिकै भिज्न सके । त्यसैको प्रतिफल थियो कास्कीमा तीन वटा चुनाव लडे, तिनै वटा चुनाव जितेर  चुनावी ह्याट्रिकमा वाजी गरेका थिए। दोस्रो संविधान सभामा विजयी भएर विकास समितिको सभापति र संघिय चुनाव जितेर पर्यटनमन्त्री वनेका अधिकारीले समृद्धिको लागि पोखरामा वहस नै चलाएका थिए । अधिकारीले समृद्ध नेपाल तथा लोकतन्त्र र पुर्नसंरचना सहितका पुस्तक मार्फत आफ्नो समृद्धिको विचार र खाका जनतामाझ ल्याएका थिए । 

मन्त्री अधिकारीको गाँउ यतिवेला शोकमग्न वनेको छ । उनका पिता र माता पोखराको मालेपाटनमा बस्दै आएका छन् । छोराको असमायिक निधनको खवरले वेहोस वनेका बुवा आमा दुवैलाई आजै काठमाण्डौ लगिएको छ । श्रीमति विद्या भट्टराई र दुई छोराहरु विराज र स्वराज काठमाण्डौमा नै वस्दै आएका छन् । अधिकारीको निधनसंगै निरास वनेका उनका आफन्तजन तथा नेता कार्यकर्ता उनको जन्म घर भरतपोखरी, मालेपाटन मातापिता वस्ने घर र शान्तिवन वाटिकामा रहेको पार्टी कार्यालयमा पुगेका छन् । 
 
 

प्रकाशित मिति: १९:३४ बजे, बुधबार, फागुन १५, २०७५
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्