Kathmandu Press

‘शैक्षिक क्यालेण्डर लागू नहुुनुको प्रमुख कारण दलीय प्रभाव हो’

दलीय हस्तक्षेपलाई निरुत्साहित गराउनका लागि शिक्षा मन्त्रालय विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पर राख्नका लागि विश्व विद्यालयलाई नीतिसँग कसरी जोड्ने गरी छलफल गरिरहेको उनले बताइन्।
‘शैक्षिक क्यालेण्डर लागू नहुुनुको प्रमुख कारण दलीय प्रभाव हो’

काठमाडौ, साउन १२ : शिक्षा, विज्ञान एवं प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयहरुमा शैक्षिक क्यालेण्डर लागु नहुुनुको प्रमुख कारण दलीय प्रभाव भएको बताएकी छिन्।

नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई राजनीतिक प्रभावबाट मुक्त गर्न विश्वविद्यालयलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन्।
 
‘विश्वविद्यालयहरुमा देखिएको प्रमुख चुनौति भनेको विश्वविद्यालयको क्यालेण्डरलाई हामीले फलो गर्न सकेका छैनौं। क्यालेण्डरलाई फलो गर्न नसक्नुको प्रमुख कारण भनेको त्यहाँ भएको दलीय प्रभाव नै हो। दलीय हस्तक्षेप नै हो भन्ने निष्कर्षमा पुगेका छौं,’ उनले भनिन्।

Hardik ivf

दलीय हस्तक्षेपलाई निरुत्साहित गराउनका लागि शिक्षा मन्त्रालय विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पर राख्नका लागि विश्व विद्यालयलाई नीतिसँग कसरी जोड्ने गरी छलफल गरिरहेको उनले बताइन्।

विश्वविद्यालयहरु बीच पारस्परिक सम्बन्ध स्थापित नभइसकेको उनको भनाइ थिया । अन्य विश्विविद्यालयलाई गाली गरेर आफू राम्रो बन्ने परिपाटी राजनीतिक चरित्र भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा यसको अन्त्य गर्ने दाबी गरिन्।

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, साउन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्