Kathmandu Press

गौशाला–२६ ले सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने

‘शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारवाही थप अगाडि नबढाउन आग्रह गर्छु,’ उनले भनेकी छिन्।
गौशाला–२६ ले सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने

काठमाडौं, साउन ११ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै आएकी गौशाला–२६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छन्।

शान्तिपूर्ण जीवन बाँच्न चाहेको बताउँदै सर्वोच्चमा उनले नजाने बताएकी हुन्।  

Hardik ivf

गौशाला–२६ ले उच्च सरकारी वकिल कार्यालय, पाटन र महान्यायाधीवक्ता कार्यालयलाई सर्वोच्चमा नजाने व्यहोरासहित निवेदन दिएकी छन्। उक्त निवेदनमा मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरिएको छ। उनले आफंै सरकारी वकील कार्यालयमा निवेदन दिएकी हुन्।

मुद्दा दर्ता भएदेखि नै आफुलाई मानसिक रुपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र आफमाथि दवाव बढाएको निवेदनमा  खुलाइएको छ।

‘लामो समयदेखि उक्त घटनाको कारण त्राशपूर्ण जीवन बाँच्दै आएको छु। मुद्दाको कारण म त्राशपूर्ण जीवन बाँच्दै आएकी छु। यो मुद्दाले पार्ने दुरगामी असरको बारेमा म अवगत थिइनँ,’ निवेदनमा उल्लेख छ।

उनले सम्मानित अदालतको फैसलामा लिएका आधारहरुलाई सम्मान गर्ने बताएकी छिन्। ‘शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारवाही थप अगाडि नबढाउन आग्रह गर्छु,’ उनले भनेकी छिन्।

 

 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्