Kathmandu Press

कांग्रेस छिट्टै कर्णाली सरकारमा सहभागी हुन्छ : प्रमुख सचेतक विष्ट

‘सरकारमा जाने विषयमा पार्टीमा छलफल भइरहेको छ। केही प्राविधिक कारणले ढिला भएपनि अब एक/दुई दिनपछि सरकारमा सहभागी हुन्छौं,’ उनले भने।
कांग्रेस छिट्टै कर्णाली सरकारमा सहभागी हुन्छ : प्रमुख सचेतक विष्ट

सुर्खेत, साउन ११ : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले छिट्टै सरकारमा सहभागी हुने बताएका छन्।

संघमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै कांग्रेस र एमाले सम्मिलित सरकार बनेपछि यमलाल कँडेल नेतृत्वको कर्णाली सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ।

माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयको नेतृत्व कांग्रेसले गर्ने प्रमुख सचेतक विष्टले बताए।

‘सरकारमा जाने विषयमा पार्टीमा छलफल भइरहेको छ। केही प्राविधिक कारणले ढिला भएपनि अब एक/दुई दिनपछि सरकारमा सहभागी हुन्छौं,’ उनले भने।

सरकारमा कसको नेतृत्वमा को–को जाने भन्ने विषय पनि केन्द्रीय नेतृत्वको सहकार्य समन्वयमा दलको नेताले टुङ्ग्याउने प्रमुख सचेतक विष्टले बताए।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, साउन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्